जेनजी आन्दोलनका सहिद परिवार र घाइते: “हाम्रो रगत राजनीतिक खेलबाडमा नजाओस्”

spot_img

काठमाडौं,०४ असोज । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफूहरूको बलिदान र रगत राजनीतिक खेलबाडमा प्रयोग नहोस् भनी चेतावनी दिएका छन्। शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आन्दोलनको उद्देश्य केवल भ्रष्टाचार, कुशासन र असमानताको अन्त्य भएको स्पष्ट पारे।

अछामका घाइते अछामका आदित्य रावलले भने, “हामीले कसैलाई कुर्सीमा पुर्याउनको लागि आन्दोलन गरेका होइनौं। सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनका लागि ठोस कार्ययोजना बनाउनुपर्छ।” गुल्मीका घाइते गोकर्ण बिष्ट र हुम्लाका सुरेश ऐडीले पनि भयरहित वातावरणमा उपचार र सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

घाइते प्रकाश बिष्टकी दिदी दुर्गा बिष्टले चेतावनी दिईन्, “यदि हाम्रो रगत खेर जाने अवस्था आयो भने हामी फेरि सडकमा निस्किन बाध्य हुनेछौं।” जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरता, विज्ञहरुको मन्त्रिपरिषद्, समानुपातिक निर्वाचन प्रणाली, शिक्षा र स्वास्थ्यमा सुधार, तथा भ्रष्ट प्रशासकहरूको सम्पत्ति छानबिनका माग पूरा नभए आन्दोलन जारी रहने बताइन्।

कार्यक्रममा जेनजी अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न गरिएको बताए। उनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले गोली चलाएको आरोप लगाए र सरकारी भूमिका स्पष्ट गर्न छानबिन आवश्यक रहेको बताए। रावलले पत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीको चुनाव आवश्यक रहेको र सहिद तथा घाइतेको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने पनि जोड दिए।

घाइते पत्रकार प्रेमराज राईका दाइ चन्द्र ओमबुलेले घाइते पत्रकारप्रति गरिएको बेवास्ताप्रति रोष व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय