राष्ट्रपति पाैडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

spot_img

काठमाण्डाै,०५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय