सर्लाही,०६ असोज । सर्लाहीको फूलजोर पुल नजिक सोमबार बिहान ट्रक र पिकअप गाडी ठोक्किँदा दुवै गाडीका चालक घाइते भएका छन्।
लालबन्दी नगरपालिका–१७, रानिगन्जमा बिहान साढे ४ बजे प्रदेश ३–०३–००१ ख ००६७ नम्बरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्बरको पिकअप एकआपसमा ठोक्किएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–४ का ३७ वर्षीय राजेन्द्र लामा र पिकअप चालक सिरहा कर्जन्हा नगरपालिका–४ का ३२ वर्षीय दुर्गा विक घाइते भएका छन्।
प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार दुवैलाई लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार गरिएको छ। ट्रक चालक लामालाई गम्भीर चोट लागेको छ भने पिकअप चालक विकको अवस्था सामान्य रहेको उनले बताए।

