उहाँले प्रधानमन्त्रीको कार्यालयदेखि आधारभूत समुदायसम्म नीति निर्माण, क्षमता विकास र प्रशिक्षणमा सशक्त भूमिका खेल्नुभएको छ। अन्तर्राष्ट्रिय स्तरमा CEDAW, UPR, CSW, CPD, ICPD लगायतका प्रक्रियामा सक्रिय रहँदै उहाँले लैङ्गिक न्याय, आप्रवासीका अधिकार र योन तथा प्रजनन स्वास्थ्य अधिकारका मुद्दामा वकालत गर्नुभएको छ।
उहाँले महिलावादी फोरम, शान्ति सभाहरू, महिला न्यायाधिकरण र हिंसाविरुद्धका राष्ट्रिय अभियानहरूलाई अगुवाइ गर्नुभएको छ। उहाँले Our Bodies, Ourselves पुस्तकलाई नेपाली सन्दर्भमा रुपान्तरण गरी महिलाको स्वास्थ्य र अधिकारका बारेमा ज्ञानलाई सहज बनाउनुका साथै विभिन्न प्रकाशनमार्फत लैङ्गिक समानता, आप्रवासन र प्रजनन अधिकारका मुद्दा उजागर गर्दै आउनुभएको छ।
उहाँको नेतृत्वले सामाजिक आन्दोलनलाई रूपान्तरणकारी बाटोमा अघि बढाउँदै महिलाको आवाज र अनुभवलाई न्याय, नीति र सामाजिक रूपान्तरणको केन्द्रमा ल्याएको छ।



