वीरगंज, १४ असोज – जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको गहवामाई मेलामा चोरी तथा अवद्र व्यवहारमा संलग्न कम्तीमा १६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मेलामा हालसम्म शान्तिपूर्ण वातावरण कायम रहेको छ र सुरक्षा व्यवस्था उच्चस्तरमा रहेको छ।
मन्दिरमा पनि भक्तजनहरूले सहज रूपमा लाइनबद्ध भएर दर्शन गरिरहेका छन्। प्रहरीका अनुसार, मेला क्षेत्रमा मोबाइल र गरगहनाको चोरी तथा अन्य अवद्र व्यवहारमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् र उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको छ।
गहमाई मन्दिरमा आज बिहानैदेखि वली दिने कार्यक्रम पनि सञ्चालन भइरहेको छ। सो कार्यलाई व्यवस्थित रूपमा अगाडि बढाउन प्रहरीले मेला समितीसँग मिलेर व्यवस्था मिलाएको छ। हालसम्म वली दिने कार्यक्रम निरन्तर जारी छ।

