काठमाडौं,१५ असोज । ड्युटीमा खटिएका प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
तामाङले सडक सुरक्षामा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको प्रहरीले जनाएको छ।

