श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ आइतबारदेखि सर्वसाधारणका लागि खुला हुँदै

spot_img

काठमाडौं,२५ असोज । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आइतबार (असोज २६ गते)देखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँमध्येबाट २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता साधारण सेयर बिक्रीमा ल्याउनेछ।

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन अवधि असोज २६ गतेदेखि सुरु भई छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गतेसम्म रहनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको सेयरका लागि आवेदन दिन सक्नेछन्।

शेयर बजार विश्लेषकहरूका अनुसार कृषिआधारित उद्योगमा लगानीका अवसर खोजिरहेका लगानीकर्ताका लागि यो आईपीओ आकर्षक हुन सक्ने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय