काठमाडौ,२६ असोज । शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार तोला सुनको मूल्य २,३५,००० रुपैयाँमा कारोबार भएको थियो। आज मूल्य तीन हजारले बढेर २,३८,००० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोला चाँदी ३,८५० रुपैयाँमा खरिद–बिक्री भइरहेकोमा आज ३,१२५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य एक औँसको लागि ४,०१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मूल्य वृद्धिले घरेलु बजारमा पनि सुन र चाँदी किन्ने तथा बेच्ने गतिविधिमा प्रभाव पारेको व्यापारीहरूले बताएका छन्।




