spot_img

स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन

spot_img
spot_img

जनकपुर,२६ वैशाख । स्वास्थ्य क्षेत्रमा दरबन्दी वितरणप्रति असन्तुष्टि जनाउँदै धनुषाका स्वास्थ्यकर्मीहरूले जनकपुरधाममा प्रदर्शन गर्दै स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गरेका छन्।

शनिबार हेल्थ असिस्टेन्ट, अनमी, ल्याब असिस्टेन्ट लगायतका स्वास्थ्यकर्मीहरूले सरकारी तथा निजी अस्पतालमा काम गर्ने कर्मचारीको सहभागितामा र्‍याली निकाल्दै विभिन्न चोकहरूमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले “स्वास्थ्यमन्त्री मुर्दाबाद”, “राजीनामा दे”, “स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर” लगायतका नाराबाजी गरेका थिए। उनीहरूले हालै सरकारले आह्वान गरेको स्वास्थ्य क्षेत्रको दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियो टेक्नोलोजी लगायतका पदहरू समावेश नगरेकोप्रति आपत्ति जनाएका छन्।

स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार दशकौँपछि दरबन्दी खुल्दा पनि आफ्ना पदहरू समावेश नगरिनु अन्यायपूर्ण भएको हो। उनले वार्षिक रूपमा हजारौँ स्वास्थ्यकर्मी उत्पादन भए पनि रोजगारी अवसर नपाउनु गम्भीर समस्या भएको बताए।

प्रदर्शनकारीहरूले सरकारले माग सम्बोधन नगरे सोमबार काठमाडौंमा थप ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै स्वास्थ्यमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय