जनकपुर बोल्ट्सको नयाँ मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

spot_img

जनकपुर,२७ असोज । नेपाल क्रिकेट लिग (एनपीएल) का गत संस्करणका विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्व क्रिकेटर शिवनारायण चन्द्रपाललाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। बोल्ट्स व्यवस्थापनले चन्द्रपालको अनुभव र रणनीतिक नेतृत्वमा टोलीले आफ्नो प्रदर्शनलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

चन्द्रपालले १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् र आफ्नो २१ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २० हजारभन्दा बढी रन बनाएका छन्। उनी विश्व क्रिकेटका स्थायी र धैर्यशील ब्याट्सम्यानमध्ये एक मानिन्छन्।

उनीले क्यारेबियन प्रिमियर लिग (CPL), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग (BPL), च्याम्पियन्स लिग टी–२०, र इन्डियन प्रिमियर लिग (IPL) मा पनि खेलिसकेका छन्। सन् २०२२ मा उनले CPL फ्रेन्चाइज जमैका तलवाहजको प्रशिक्षकको रूपमा कार्य सुरु गरेका थिए भने त्यही वर्ष अमेरिकी महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पनि बनेका थिए।

बोल्ट्सले विज्ञप्तिमा भनेको छ, “चन्द्रपाल जस्ता दिग्गजको अनुभव र रणनीतिक दृष्टिकोणले टोलीमा नयाँ ऊर्जा थप्नेछ र जनकपुर बोल्ट्सलाई पुनः विजयी यात्रामा अघि बढाउने विश्वास छ।”

साथै, क्लबले गत संस्करणका प्रशिक्षक पुबुदु दासानायकेप्रति आभार व्यक्त गरेको छ। दासानायके हाल अमेरिकी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय