जगरनाथपुरमा “अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट” सुरु

spot_img

बीरगन्ज,२८ असोज । पर्साको जगरनाथपुर गाउँपालिकामा आजदेखि “अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट” सुरु भएको छ। प्रतियोगिता गाउँपालिका वडा नं. ५ स्थित मेघराज उपाध्याय क्रिकेट मैदानमा आयोजना गरिएको हो।

उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता र बीरगन्ज महानगरपालिका उप–मेयर इमतियाज आलमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, वडाध्यक्ष बिहारी महतो नुनिया, रामअयोध्या पटेल लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन खेल वडा नं. २ र वडा नं. ६ का टिमबीच खेलिएको थियो। प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका टिमहरूले सहभागिता जनाउने जानकारी गाउँपालिकाका अधिकृत दया चौहानले दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय