spot_img

ओली: एमालेले देशलाई संकटबाट सुशासनयुक्त मार्गमा फर्काउनेछ

spot_img
spot_img

काठमाडौँ, २९ असोज — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक अहिले “बर्बादीतर्फ धकेलिएको” चेतावनी दिनुभएको छ र देशलाई लोकतान्त्रिक, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र शान्तिपूर्ण मार्गमा फर्काउन पार्टीले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने,

“अहिले देश बर्बादीतर्फ धकेलिएको छ। यस अवस्थालाई हामीले तत्काल लोकतान्त्रिक, जनपक्षी, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ। अरुभन्दा हामी धेरै निशानामा परेका छौं। हाम्रा नीति राम्रा भएरै हामीमाथि धेरै प्रहार भइरहेको छ। नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरताको वैचारिक र व्यवहारिक अगुवाइ गरेका छौं। हाम्रो राष्ट्रिय दृष्टिकोण राष्ट्रको हितमा र राष्ट्रिय सार्वभौमिकताको अडान लिएका छौं।”

उनले जेन–जी आन्दोलनपछि पार्टीमाथि बढी प्रहार भइरहेको बताउँदै,

“राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरु लागिपरेको छ। नेपालको सुशासन, सुव्यवस्था र स्थिरताको आन्दोलनमा हामीले प्रभावकारी भूमिका खेलेका छौं। यी कुराहरु मन नपर्ने शक्तिहरु अझै सक्रिय छन्।”

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै आत्मनिर्भरताको बाटोतर्फ डोर्याएको पनि दाबी गरे ।

बैठकमा उनले सबैलाई सजग रहन र पार्टीको राष्ट्रिय दृष्टिकोणलाई प्राथमिकता दिन आग्रह गरे , र एमालेले देशलाई संकटबाट सुरक्षित मार्गमा फर्काउन अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय