spot_img

नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपमा प्रवेश

spot_img
spot_img

काठमाडौँ,३० असोज । नेपाली क्रिकेटले अर्को ऐतिहासिक उपलब्धि हात पारेको छ। आइसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत बुधबार मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान पक्का गरेको हो।

नेपालले यसअघि सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो। अब सन् २०२६ को टी–२० विश्वकपमा पनि सहभागी हुने निश्चित भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रनको प्रतिस्पर्धी स्कोर बनायो। जवाफी ब्याटिङमा उत्रिएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनमा सीमित रह्यो।
नेपालका बलर र फिल्डरले उत्कृष्ट संयोजन देखाउँदै खेलको पासा आफ्नो पक्षमा पारे। यो जितसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दै ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय