सूर्य नेपाल प्रालिको गुडिवल र किर्ते कागज प्रयोग गरी लाखौंको ठगी

spot_img

वीरगंज, ३१ असोज- सूर्य नेपाल प्रालिको गुडविल दुरुपयोग गर्दै एक ठगी गिरोहले लाखौं रुपैयाँको ठगी गरेको रहस्य खुलेको छ।

स्रोतका अनुसार, सो गिरोहले सिमरास्थित सूर्य नेपाल प्रालिको नक्कली लेटरप्याड प्रयोग गरी विभिन्न मितिमा मार्भल, ब्याट्रीलगायतका सामग्रीहरू अर्डर गरेको थियो। सामान आपूर्तिपछि भुक्तानी नगरेपछि मात्रै व्यवसायीहरूलाई आफूहरू ठगीमा परेको थाह पाएको थियो।

सूर्य नेपाल प्रालिका एक अधिकारीका अनुसार, कम्पनीले कुनै पनि व्यवसायीसँग त्यस्तो अर्डर नगरेको र उक्त विषयमा इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिइसकेको बताए। उनका अनुसार, ठगी समूहले नक्कली भौचर, छाप र कर्मचारीको हस्ताक्षर समेत  प्रयोग गरेको छ ।

हालसम्म छ जना व्यवसायी ठगीको शिकार भएको बुझिएको छ। ती व्यवसायीहरूले सामान पठाएपछि रकम भुक्तानी नपाएपछि सूर्य नेपाल प्रालिको कार्यालयमा सम्पर्क गरेका थिए। तर कम्पनीले ती सामानहरू आफूहरूसम्म कहिल्यै नपुगेको स्पष्ट गरेको छ।

पछिल्लो घटना अनुसार, गिरोहले हेटौडाको मनहरीस्थित ग्रामिण सप्लायर्सबाट करिब रु ३ लाख ५० हजार मूल्यका १२ थान ब्याट्री अर्डर गरी वीरगंजमा अनलोड गराएको थियो। यस कारणले सो गिरोह वीरगंजकै भएको अनुमान गरिएको छ।

एक व्यवसायीले दिएको जानकारी अनुसार, ठग समूहले ग्लोबल आइएमई बैंकमा सूर्य नेपाल प्रालिको नाममा खोलिएको भनिएको खातामा रकम जम्मा भएको भनी नक्कली भौचर समेत पठाएको थियो। तर बैंकमा सो भौचर कहिल्यै दर्ता नभएको पुष्टि भएको छ।

ठगीको यो घटना सार्वजनिक भएपछि वीरगंजका व्यवसायीहरूले पर्साका प्रमुख जिल्ला अधिकारीलाई दोषीहरू पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। एक जना व्यवसायी अभिषेक शर्माका अनुसार कम्पनीले लेटर प्याट प्रयाेग गरेकाे सही छाप गरेर खरिद आदेश गरेको एवं कम्पनीको स्टोर किपरको नाम लिएर कुराकानी गरेको, स्टोर किपरको नाम पनि सेम भएको कारण एउटा प्रतिष्ठीत कम्पनीले माग गरेपछि मैले समान पठाएको बताए ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय