Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

९० अर्ब निक्षेप तान्ने तयारीमा राष्ट्र बैंक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । तिहार पर्व सकिएपछि पनि बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति कायम रहेकाले नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट ९० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको छ।

केन्द्रीय बैंकले ‘निक्षेप संकलन उपकरण’ को बोलकबोलमार्फत तरलता तान्न लागेको हो। हाल कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा केन्द्रीय बैंकले वित्तीय प्रणालीको अत्यधिक तरलता र बजार ब्याजदरलाई व्यवस्थित गर्न यो उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने यो बोलकबोल आज अनलाइन खरिद प्रणालीमार्फत गरिनेछ, जसबाट ब्याजदर निर्धारण हुनेछ। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने रकमलाई प्राथमिकता दिई आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ मंसिर २१ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ। यसमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था छ।

केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलताको अवस्था देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। केन्द्रीय बैंकले यही व्यवस्था टेकेर पटक-पटक यो उपकरण प्रयोग गर्दै आएको छ।

ताजा समाचार

थप समाचार