spot_img

नेपाली महिला टोली आज भारतसँग भिड्ने, फिफा विन्डोमा प्रत्यक्ष प्रसारण

spot_img
spot_img

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज सोमबार छिमेकी प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको सिलोङमा हुने भएको छ र फिफा विन्डोमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ। खेल प्रत्यक्ष रूपमा फिफा+ प्लेटफर्ममार्फत प्रशारण गरिनेछ।

यसअघि पहिलो खेलमा नेपालले इरानसँग ३–० ले पराजित भएको थियो। टोलीकी कप्तान सावित्रा भण्डारीका अनुसार पहिलो खेलको दोस्रो हाफमा सन्तुलन कायम गर्न नसक्दा हार व्यहोर्नु परेको हो। सावित्राले भारतविरुद्ध खेल सुधार गर्दै जितका लागि मैदानमा उत्रने प्रतिवद्धता व्यक्त गरेकी छन्।

नेपाल र भारतको महिला टोलीबीच एक वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। एक वर्षअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले विजयी बनेको थियो।

इतिहासमा नेपाल र भारतको महिला टोलीबीच अहिलेसम्म १८ खेल भएका छन्। यसमा नेपालले २ खेल मात्र जितेको छ भने भारतले ११ खेलमा जीत हासिल गरेको छ। बाँकी ५ खेल बराबरीमा सकिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय