काठमाडौँ — नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घट्दै आज दुई हजार ९२० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।



