spot_img

६२.२९ अंकले बढ्यो नेप्से, साढे चार अर्ब रुपैयाँको कारोबार

spot_img
spot_img

काठमाडौं – सेयर बजारमा आज तेजी देखिएको छ। नेप्से परिसूचक ६२.२९ अंकले वृद्धि भई २५७१.३४ विन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २.४८ प्रतिशतको वृद्धि हो।

आज कारोबारमा आएका २३६ कम्पनीको सेयर मूल्य बढ्दा, १२ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल ४७,९४ पटकको कारोबारबाट ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर कारोबार भएको जानकारी दिइएको छ।

कुल १३ उपसमूहमध्ये जीवन बीमा र निर्जीवन बीमा बाहेक सबै उपसमूहमा वृद्धि देखिएको छ। व्यापार उपसमूह २८.५७ अंकले घटेको छ भने जीवन बीमा ४३३.६२ अंक, निर्जीवन बीमा २६६.६४ अंकले बढेका छन्।

आजको बजार उत्थानले लगानीकर्तामा सकारात्मक संकेत दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय