spot_img

गोजीमा दाम छैन’ गीतले युट्युबमा १० करोड भ्युज पार गर्‍यो

spot_img
spot_img

काठमाडौँ, १२ कात्तिक । नेपाली चलचित्र ‘चङ्गा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड भ्युज पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले मंगलबार यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

माधव वाग्ले निर्मित ‘चङ्गा चेट’ का लागि संगीतकार राजनराज शिवाकोटीले संगीत दिएका हुन्। राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीको स्वर रहेको गीतमा हरिहर तिमल्सिनाले शब्द लेखेका छन्।

गीतको भिडियोमा प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रबिन्द्र झा र सुरक्षा पन्त फिचर छन्। भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने डीओपी निरज कँडेल र सम्पादन दिर्घ खड्काले गरेका हुन्। चलचित्रको निर्देशन दीपेन्द्र के. खनालले गरेका हुन्।

यससँगै ‘गोजीमा दाम छैन’ नेपाली चलचित्र इतिहासमा युट्युबमा १० करोड भ्युज पार गर्ने थोरै गीतहरूमध्ये एक बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय