spot_img

आईसीसी लिग–२ : नेपाल आज यूएईविरुद्ध निर्णायक भिडन्त

spot_img
spot_img

काठमाडौं,१३ कार्तिक । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। खेल दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

लिग–२ चक्रको यो ८८औं खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। पछिल्ला खेलहरूमा कमजोर प्रदर्शन गरिरहेका नेपाल र यूएई दुबैका लागि आजको मुकाबला आत्मविश्वास फिर्ता ल्याउने अवसर बनेको छ।

नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनको ठूलो हार बेहोरेको थियो भने यूएई पनि त्यही टोलीसँग ४ विकेटले पराजित भएको थियो। त्यसैले आज दुबै टोली जितका लागि पुरै ताकतका साथ मैदानमा उत्रने तयारीमा छन्।

दुवै टोलीबीच अहिलेसम्म ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा यूएईले ५ र नेपालले ४ खेल जितेको छ। अंक तालिकामा नेपाल हाल सातौं स्थानमा छ १७ खेलमा ५ जित र १२ अंकका साथ। त्यस्तै, समान खेल खेलेको यूएई ३ जितसहित ६ अंकमा अन्तिम स्थानमा छ।

आजको खेलमा नेपालको बलिङ आक्रमण र शीर्ष क्रमको प्रदर्शन निर्णायक बन्ने अनुमान विश्लेषकहरूले गरेका छन्। टिम संयोजनमा पनि केही परिवर्तनका संकेत छन्, जसले नेपाललाई नयाँ रणनीतिसँग मैदानमा उतार्ने सम्भावना बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय