Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

विद्युत् प्राधिकरण अगाडि जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ कात्तिक । नेकपा एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य कमल गौतमको दुःखद निधन भएको छ ।

भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उनी अचानक बेहोस भई ढलेका थिए ।
बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० उद्योगमा ट्रंकलाइन विवादको कारण विद्युत् प्राधिकरणले लाइन काटेको विरोधमा उद्योगी र मजदुरहरूले संयुक्त प्रदर्शन गरेका थिए । गौतम सोही प्रदर्शनमा मजदुरहरूको तर्फबाट वक्ताका रूपमा सहभागी थिए ।

उनलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो । अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार, ६५ वर्षीय गौतमको हृदयघातका कारण मृत्यु भइसकेको चिकित्सकहरूले घोषणा गरेका थिए। बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्ट र पार्टी राजनीतिमा सक्रिय थिए। उनका श्रीमती र दुई छोरा छन् ।

ताजा समाचार

थप समाचार