spot_img

विश्वकप क्रिकेट लिग–२ : नेपालले यूएईलाई दियो २ सय ३४ रनको लक्ष्य

spot_img
spot_img

काठमाडौं, १३ कात्तिक ।  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले युएईलाई २३४ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३३ रनमा आफ्नो इनिङ्स समाप्त गरेको हो।

नेपालका कप्तान रोहितकुमार पौडेलले शानदार प्रदर्शन गर्दै १०९ रनको शतक बनाएका छन्। यसबाहेक आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन योगदान गरे। युएईका लागि जाहिद अलीले चार, जुनैद सिद्दिकीले तीन, मोहम्मद रोहिद र हैदर अलीले समान एक–एक विकेट लिएका थिए।

केहीबेरमा युएईले जवाफी ब्याटिङ सुरु गर्दैछ। हाल लिग–२ को तालिकामा नेपाल १७ खेलमा १२ अङ्कसहित सातौं स्थानमा रहेको छ।

युएई १७ खेलमा ८ अङ्कसहित पुछारमा छ। यस श्रृंखलामा नेपालले पहिलो खेलमा अमेरिका विरुद्ध पराजय भोगेको थियो। अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड २४ खेलमा ३० अङ्कसहित दोस्रो र नेदरल्यान्ड्स २४ खेलमा २८ अङ्कसहित तेस्रो स्थानमा रहेका छन्।

नेपालले लिग–२ अन्तर्गत यस श्रृंखलाको तेस्रो खेल पर्सि शनिवार अमेरिका र त्यसपछि बुधवार युएईसँग खेल्ने छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय