Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

लिग–२ क्रिकेट : नेपाल आज अमेरिकासँग तेस्रो खेलमा भिड्दै

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग तेस्रो खेल खेल्दैछ। खेल दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ।

नेपालले यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेको छ। पहिलो खेलमै नेपालले यही अमेरिका विरुद्ध १०६ रनको लज्जास्पद हार व्यहोरेको थियो भने दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।

अब शृंखला जोगाउन नेपाललाई बाँकी दुवै खेल जित्नु अनिवार्यजस्तै बनेको छ। कप्तान रोहित पौडेल नेतृत्वको टोलीले आजको खेलमा पहिलो जितका लागि आक्रामक रणनीति अपनाउने तयारी गरेको बताइएको छ।

- Advertisement -

अर्कातर्फ, अमेरिका उत्कृष्ट फर्ममा छ। उसले नेपाल र यूएई दुवैलाई पराजित गर्दै लिग–२ को शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।हालसम्मको अंकतालिकाअनुसार अमेरिकाले २२ खेलमा ३२ अंक जोडेको छ भने नेपालले १८ खेलमा जम्मा १२ अंक हासिल गर्दै सातौं स्थानमा सीमित छ।

आजको खेल नेपालका लागि केवल जित होइन, लिग–२ मा पुनः प्रतिस्पर्धी बन्ने अवसर पनि हो। क्रिकेट विश्लेषकहरूका अनुसार नेपालले अमेरिकाविरुद्ध प्रारम्भिक विकेट चाँडै लिनु र मध्यक्रम सुदृढ गर्नु पर्ने छ भने ब्याटिङमा स्थायित्व देखाउन सके जितको सम्भावना जिवित रहन्छ।

ताजा समाचार

थप समाचार