spot_img

जनकपुर बोल्ट्सद्वारा नयाँ सिजनको जर्सी सार्वजनिक

spot_img
spot_img

जनकपुर,१८ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। क्लबले मंगलबार आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत आकर्षक जर्सी सार्वजनिक गरेको हो।

नयाँ जर्सीमा पिंक र गाढा निलो रङको संयोजन गरिएको छ, जसले टोलीको पहिचानलाई आधुनिक र स्टाइलिस देखाउने जनकपुरका प्रशंसकहरू टिप्पणी गरिरहेका छन्।

आगामी सिजनका लागि जनकपुर बोल्ट्सले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका वायन पार्नेल र श्रीलंकाका लाहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ। टोलीमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् भने मुख्य प्रशिक्षकको जिम्मेवारी वेस्ट इन्डिजका शिवनराइन चन्द्रपालले सम्हाल्नेछन्।

टीम व्यवस्थापनले दोस्रो सिजनमा सशक्त प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार पार्ने बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय