spot_img

एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

spot_img
spot_img

काठमाडौं,१९ कात्तिक  । निर्माण सामग्री उत्पादक कम्पनी एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि सेयर वितरण गरिसकेपछि अब सर्वसाधारण समूहका लागि आवेदन खुला गरिएको हो।

प्रभु क्यापिटल आईपीओको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन मेरोसेयर अनलाइन वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ। आवेदन अवधि कात्तिक २३ गतेसम्म रहनेछ।

कम्पनीले १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ता सेयर जारी पूँजीमध्ये ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत विक्री गर्दैछ। प्रभावित क्षेत्र, विदेशमा रहेका नेपाली र सामूहिक लगानी कोषलाई छुट्याएपछि बचेका ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा रहेको छ भने उद्योग चितवन, रत्ननगर–१४ मा अवस्थित छ। करिब ५० डिलरमार्फत उत्पादन बिक्री वितरण हुँदै आएको कम्पनीको दाबी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय