spot_img

निखिल उप्रेती बन्यो जनकपुर बोल्ट्सको गुडविल एम्बासडर

spot_img
spot_img

काठमाडौँ,२० कातिक । नेपाली चलचित्रका सुपरस्टार निखिल उप्रेतीलाई नेपाल प्रिमियर लिग २ का लागि जनकपुर बोल्ट्सको गुडविल एम्बासडर घोषणा गरिएको छ।

यस अवसरमा निखिलले चन्द्रागिरिबाट प्याराग्लाइडिङ स्टन्ट गर्दै आफ्नो साहस र उत्साह प्रदर्शन गरेका छन्। जनकपुर बोल्ट्सका अनुसार, उनको यो प्रदर्शनले टोलीको नारा ‘बिल्ट फर भिक्ट्री’ लाई नयाँ उचाइमा पुर्‍याएको छ।

निखिलले भने, “जनकपुर बोल्ट्स केवल टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो। म यस टोलीसँग मिलेर विजयको आत्मालाई नेपाली युवामाझ जगाउन चाहन्छु।”

टोलिका जनरल म्यानेजर निरोज खतिवडाले भने, “निखिल उप्रेती साहस र दृढताको प्रतीक हुन्। उनको अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ। हामी उहाँलाई गुडविल एम्बासडरको रूपमा स्वागत गर्न गर्व महसुस गर्छौं।”

यस साझेदारीले जनकपुर बोल्ट्सलाई खेल मैदानमा मात्र नभई समाजमा पनि प्रेरणाको स्रोतका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय