काठमाडौं,२४ कात्तिक । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर रु. १४१.५६ र बिक्रीदर रु. १४२.१६ तोकिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर रु. १६३.७३ र बिक्रीदर रु. १६४.४२ कायम गरिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर रु. १८६.३१ र बिक्रीदर रु. १८७.१० निर्धारण गरिएको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर रु. १७५.८२ र बिक्रीदर रु. १७६.५६, अष्ट्रेलियन डलर एकको खरिददर रु. ९१.९३ र बिक्रीदर रु. ९२.३२, तथा क्यानडियन डलर एकको खरिददर रु. १००.७७ र बिक्रीदर रु. १०१.१९ तोकिएको छ।
सिङ्गापुर डलर एकको खरिददर रु. १०८.७८ र बिक्रीदर रु. १०९.२४ कायम गरिएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर रु. ९.२३ र बिक्रीदर रु. ९.२७, चिनियाँ युआन एकको खरिददर रु. १९.८७ र बिक्रीदर रु. १९.९६, साउदी रियाल एकको खरिददर रु. ३७.७५ र बिक्रीदर रु. ३७.९१, र कतारी रियाल एकको खरिददर रु. ३८.८४ तथा बिक्रीदर रु. ३९.०० निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर दैनिक रूपमा बैंक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्दा आधार दरका रूपमा प्रयोग गर्छन्।



