spot_img

एनपीएल अब स्टार टीभीबाट पनि प्रसारण, युट्युबमा नदेखिने

spot_img
spot_img

काठमाडौं,२६ कातिक । यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय स्टार टेलिभिजन नेटवर्क र नेपाली टेलिभिजन च्यानल दुबैबाट प्रसारण हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार स्टार टीभीसँग प्रसारण सम्झौता हिजो मात्र टुंगो लागेको हो।

यससँगै नेपाली टेलिभिजनहरूले अब एनपीएलका खेलमा एक्सक्लुसिभ प्रसारण अधिकार नपाउने भएका छन्। क्यानले यसअघि नेपालभित्र मात्र प्रसारण अधिकारका लागि टेन्डर आह्वान गरेको भए पनि, अन्तिम समयमा आएर निर्णय परिवर्तन गरेको हो।
युट्युबमा खेल हेर्न नपाइने
गत वर्षजस्तै यसपटक पनि धेरै दर्शकले युट्युबमार्फत खेल हेर्ने अपेक्षा राखेका थिए, तर क्यानले यस वर्ष युट्युबमा एनपीएल प्रसारण नगर्ने निर्णय गरेको छ।

यसको सट्टा, क्यानले एक मोबाइल एपमार्फत पेड (सशुल्क) सेवा उपलब्ध गराउने तयारी गरेको छ। सो एपमा दर्शकले निश्चित शुल्क तिरेर मात्र प्रत्यक्ष खेल हेर्न पाउनेछन्। क्यानका एक अधिकारीका अनुसार, “देशभित्र टीभी पहुँच नभएका दर्शक र विदेशमा रहेका नेपालीहरूका लागि एपमार्फत खेल हेर्ने व्यवस्था गरिएको हो। तर त्यसका लागि शुल्क तिर्नुपर्नेछ।”

हालसम्म क्यानले यसबारे औपचारिक विज्ञप्ति जारी गरेको छैन, तर बोलपत्रदाताहरुलाई इमेलमार्फत जानकारी दिइसकेको छ। अधिकारीका अनुसार प्राविधिक प्रक्रिया पूरा भएपछि आज साँझ वा भोलिसम्म औपचारिक घोषणा गर्ने तयारी छ।
एनपीएल मंसिर १ गतेदेखि सुरु
एनपीएल क्रिकेट प्रतियोगिता आगामी मंसिर १ गतेदेखि सुरु भएर मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। यसपटकको लिगमा घरेलु र विदेशी दुवै खेलाडीको सहभागिता रहनेछ, जसले नेपालमा फ्रेन्चाइज क्रिकेटको लोकप्रियता अझ बढाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय