एनपीएल दोस्रो संस्करणको तयारी पूरा, पहिलोपटक राति खेल हुने

spot_img

काठमाडौं, २९ कात्तिक। नेपाली खेल क्षेत्रको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने लिगका सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिएको हो।

यसपटकको लिगलाई विशेष बनाउँदै पहिलोपटक फ्लडलाइट बाहेक (डे–नाइट) खेल गरिने भएको छ। क्यानका सचिव पारस खड्काका अनुसार पहिलो संस्करणलाई जनस्तरमा पाएको उत्साहलाई ध्यानमा राख्दै दोस्रो संस्करणलाई अझ भव्य र विश्वस्तरको बनाउने उद्देश्यले राति समेत खेल हुने निर्णय गरिएको हो।

एनपीएलको पुरस्कार राशि यसपटक पनि पहिलो संस्करणकै रहनेछ। गत संस्करणमा जनकपुर बोल्ट्स ले उपाधिसहित रु १ करोड १० लाख प्राप्त गरेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्स ले रु ५१ लाख, तेस्रो कर्णाली याक्स ले रु २५ लाख र चौथो चितवन राइनोज ले रु १५ लाख प्राप्त गरेका थिए।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार यस संस्करणमा ४० करोड रुपैयाँ बराबरको आम्दानी लक्ष्य लिइएको छ।
उनले प्रायोजनाबाट मात्रै १५ देखि ३० करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको बताए।

यसपटक एनपीएल डिजिटल स्ट्रिमिङ प्लेटफर्म (OTT) मा पनि उपलब्ध हुने छ।डिसहोमको DisHHome Go प्लेटफर्मले रु ५ करोड ३० लाखमा प्रसारण अधिकार लिएको छ।उक्त आयमध्ये ७१% क्यान र २९% डिसहोम को हिस्सा रहनेछ।

यस्तै, लिनियर टिभी प्रसारण अधिकारको न्यूनतम मूल्य १ करोड रुपैयाँ तय गरिएको छ। टिकट बिक्रीबाट ८ देखि १२ करोड उठ्ने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय