Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

एनपीएल २ आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भिड्दैछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले यो सिजनका सबै खेल कीर्तिपुरमै दिउँसो तथा रातिमा आयोजना गर्ने जनाएको छ । क्यानका अनुसार दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने योजना छ । उद्घाटन खेलको टिकट तीन दिनअघि नै सकिएको भन्दै सचिव पारस खड्काले मैदानमा थप भीड नजमाउन् भनी दर्शकलाई घरमै बसाएर हेर्न आग्रह गरेका छन् ।

एनपीएल नेपालमा कान्तिपुर म्याक्स एचडी र विदेशमा स्टार स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछ। यस्तै एनपीएलको ओटीटी प्रसारण अधिकार ‘डिशहोम गो’ ले पाएको छ । मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । उद्घाटनका दिन साधारण टिकट ५ सय र प्रिमियम १ हजार ५ सय रुपैयाँ तोकिएको छ। लिग चरणका अन्य दिनहरूमा साधारण ५ सय र प्रिमियम एक हजार रुपैयाँ लाग्नेछ। प्लेअफपछि सामान्यका लागि एक हजार र प्रिमियमका लागि दुई हजार रुपैयाँ पर्नेछ। यस वर्ष क्यानले १५ हजार रुपैयाँमा सिजनल टिकट पनि उपलब्ध गराएको छ।

आठ फ्रेन्चाइज टोली (जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स) प्रतिस्पर्धामा छन् । सबै टोलीमा विदेशी खेलाडीसमेत समावेश गरिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार कुल ३२ खेलमध्ये २३ खेल राति फ्लडलाइनमा खेलाइनेछ। लिग चरणको अन्तिम खेल मंसिर २१ मा हुनेछ। अंक तालिकामा शीर्ष स्थानमा रहने दुई टोली मंसिर २३ गते पहिलो क्वालिफायरमा भिड्नेछन् । सो खेलको विजेता सिधै फाइनल पुग्नेछ। तेस्रो र चौथो स्थान प्राप्त टोलीबीचको इलिमिनेटर खेल मंसिर २४ गते हुनेछ, जसको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको विजेता मंसिर २५ गते दोस्रो क्वालिफायरमा भिड्नेछन्। फाइनल मंसिर २७ गते शनिबारका लागि तय गरिएको क्यानले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउनेछ। उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो स्थानले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। पुरस्कार राशि अघिल्लो सिजनकै बराबर राखिएको हो ।

आयोजनाबाट क्यानले यस वर्ष ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। प्रायोजकबाट १५ करोड ३० लाख, टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख तथा टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ हुने अपेक्षा छ ।

ताजा समाचार

थप समाचार