काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले निराशाजनक सुरुवात गरेको छ। खेलको पहिलो चरणमै कप्तान अनिल साह शून्य रनमै आउट भएपछि जनकपुर दबाबमा परेको छ।
कप्तान साहलाई काठमाडौं युनाइटेडका मिलिन्द कुमारले खाता खोल्न नपाउँदै फर्काएका हुन्। उनलाई आउट गर्नुअघि जनकपुरका अर्को ओपनर लहिरु मलिन्था पनि ७ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए। मलिन्थाले १२ बलमा १ चौका प्रहार गरेका थिए।
लगातार दुई विकेट गुमाएपछि जनकपुर बोल्ट्स सुरुवातमै संकटमा परेको छ र टोलीलाई पुनः खेलमा फर्किन चुनौतीपूर्ण परिस्थिति बनेको छ।

