Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको सामान्य चुनौती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले आशिफ शेखको अर्धशतकको साथमा १३० रनको बनाएको हो ।

काठमाडौं गुर्खाजविरुद्ध पहिला ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सका चार महत्त्पूर्ण ब्याटर दोहोरो रन नजोडी आउट भए । ओपनर लाहिरू मिलन्था १२ बल खर्चेर ७ रन जोडेर आउट भए । कप्तानसमेत समेत रहेका अनिल शाह रनको खाता नखोली पवेलिनय फर्किए ।

यी दुवै काठमाडौंका मिलिन्दा कुमारको बलमा आउट गराए । पहिलो विकेटको रुपमा लाहिरु ४ दशमलव ३ ओभर र अनिल दोस्रो विकेटका रुपमा ४ दशमलव ५ ओभरमा आउट भए । त्यस्तै, दोहोरो रन जोड्न नसक्ने दुई ब्याटर जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमूर्ति हुन् । यी दुवैले समान २-२ अंक जोडे ।

अर्का ओपनर आशफिले भने जनकपुरको ब्यािटङ उकास्ने सक्दो प्रयास गरे । उनले यो सिजको पहिलो अर्धशतकसमेत प्रहार गरे । ४१ बल खेल्दा उनले ६ चौका र एक छक्काको सहयोगमा ५४ रन जोडे  जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमूर्ति दोहोरो रन जोड्न सकेनन् । उनीहरु समान दुई-दुई रन जोडेर आउट भए ।

आशिफ आउट भएपछि जनकपुरको ब्याटिङ धरासायी हुनबाट मयन यादज र लाहिरु समरकुन बचाए । मयनले २९ बलमा ३४ रन जोडे । उनले दई छक्का र १ चौका प्रहार गरे । समरकुनले २१ बलमा २ छक्काको सहयोगमा २२ रन जोडे ।

चार ओभर बलिङ गरेका मिलन्दा महत्वपूर्ण तीन विकेट लिए । उनले ओपरन मिलन्थालाई जोन सिम्पसन मार्फत्आउट गराए । कप्तान अनिललाई पनि उनैले गेरहार्ड इरास्मस मार्फत् क्याच आउट गराएका हुन् । जान निकोल लोफ्टी-इटनलाई उनैले बोल्ट गरे ।

उनकै बलिङ चल्दा जनकपुर सस्तैमा समेटिएको हो । काठमाडौंका कप्तान करण केसीले एक विकेट लिए । उनले जनकपुरका लाहिरु समरकुनलाई मोहम्मद आदिल आलममार्फत् क्याच आउट गराएका हुन् ।

शहब अलामले जनकपुरबाट सबैभन्दा बढी रन जोड्ने आफिशको विकेट लिए । आशिफ अलामकको बलमा गेरहार्ड इरास्मसमार्फत् क्याच आउट भएका हुन् । सन्तोष यादवले सञ्जय कृष्णमूर्तिको विकेट लिए ।

ताजा समाचार

थप समाचार