काठमाडौं,०४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच रोमाञ्चक खेल हुँदैछ। टस जितेर लुम्बिनीले आज पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
खेलको सुरुवातमै लुम्बिनीले सफलता पाएको छ। खेलको दोस्रो बलमै रुबेन ट्रम्पलमेनले चितवनका डाविड मलानलाई आउट गर्दै पहिलो विकेट झारेका छन्।
चितवन राइनोज पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ प्रवेशको लक्ष्यतर्फ अघि बढिरहेको छ। लुम्बिनी भने गत संस्करणमा ७ खेलमध्ये केवल एक जित मात्र पाएको थियो र यस वर्ष सुखद् सुरूआत गर्न चाहन्छ।
गत संस्करणको लिग चरणमा लुम्बिनीले चितवनलाई ३३ रनले हराएको थियो। आजको खेलमा चितवन उक्त हारको बदला लिन खोज्नेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ।

