एनपीएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

spot_img

काठमाडौं,०६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले कर्णालीलाई १५७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन जोड्यो।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले प्रभावकारी प्रदर्शन गर्दै ४९ रन बनाए। रुबेन ट्रम्पेलम्यानले अविजित २९ रन जोडे भने जेजे स्मिथले २३ रनको योगदान दिए। कर्णालीका नन्दन यादवले २ विकेट लिए। कप्तान सोमपाल कामीसहित गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट हात पारे।

कर्णाली केहीबेरमा लक्ष्य पछ्याउँदै मैदानमा उत्रनेछ। दुवै टिम आज आफ्नो दोस्रो खेल खेलिरहेका हुन्। कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

आजै दिउँसो साढे ३ बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच मुकाबला हुनेछ। काठमाडौंले यसअघि जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउदै उत्कृष्ट सुरुवात गरे पनि दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो। विराटनगर भने आफ्नो पहिलो खेलमै पोखरालाई पराजित गर्दै आत्मविश्वाससहित दोस्रो खेलमा उत्रिँदैछ।

दोस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमाडौं, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ टोली सहभागी छन्। प्रतियोगिता मंसिर १ गतेदेखि सुरु भई २७ गतेसम्म चल्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय