काठमाडौं,०८ मंसिर । नेपाली बजारमा सोमबार बहुमूल्य धातुहरूको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा रोकिएको छ।
आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले सस्तो हुँदै ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
मूल्यमा आएको अचानक गिरावटले सुन–चाँदी व्यवसायी तथा उपभोक्तामा मिश्र प्रतिक्रिया देखिएको छ।

