spot_img

एनपीएलः काठमान्डु गोर्खाजले चितवनलाई १४३ रनको लक्ष्य

spot_img
spot_img

काठमाडौँ,१२ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १४२ रन जोड्यो। चितवन राइनोजले काठमान्डुलाई १९.४ ओभरमा अलआउट गर्दै राम्रो प्रदर्शन गर्‍यो। अन्तिम विकेट कमलसिंह ऐरीले लिए।

चार खेल खेलेको काठमान्डु र तीन खेल खेलेको चितवन दुवैको चार अंक छ। अंक तालिकामा चितवन तेस्रो स्थानमा, काठमान्डु चौथो स्थानमा रहेको छ।

चितवनको कप्तानी कुशल मल्लले गर्दा छन् भने काठमान्डुको नेतृत्व करण केसीले सम्हालेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय