राजेन्द्र बहादुर अमात्यको उपस्थितिमा सिराहामा कांग्रेस महाधिवेशन केन्द्रित भेटघाट

spot_img

नेपाली कांग्रेस सिराहा जिल्लामा आज १५औँ महाधिवेशनलाई लक्षित गर्दै महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। सभापति रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधानसभा सदस्य तथा पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा सर्लाहीका पूर्व सभापति लक्ष्मण राय र कोशी प्रदेशकी पूर्व अर्थराज्यमन्त्री इन्दिरा थापाले विशिष्ट उपस्थिती जनाएका थिए।

भेटघाटमा कांग्रेस बाराका उपसभापति मनोज भट, पर्साका युवा नेताहरू शम्भु चौहान, विजय कर्ण, रोशन लामिछाने, सन्तोष गुप्ता, संजय चतुरवेदी, मनोज साहसहित वरिष्ठ नेता राजनाथ ठाकुर, विजय उपाध्याय, प्रमोद कुशवाहा पनि उपस्थित थिए।

नेताहरूले पार्टीलाई मजबुत बनाउँदै आउँदो महाधिवेशनमा सिराहाले सशक्त योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय