घट्यो सुनको मूल्य

spot_img

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज ११ सय रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ९०० सय रुपैयाँले घटेको सुन आज ११ सयले घटेको हो।

मूल्य घटेसँगै एक तोला सुनको भाउ २ लाख ५२ हजार २०० पुगेको छ। शुक्रबार प्रतितोला सुन  २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटेपनि चाँदीको भाउ भने वृद्धि भएको छ। ५५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ६०५ रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रतितोला चाँदी ३ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय