सुनको मूल्य प्रतितोला २ लाख ७० हजार नाघ्यो

spot_img

काठमाडौं,२७ पुस  । नेपाली बजारमा सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ७० हजार नाघेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान कायम गरेको छ । आज चाँदी प्रतितोला २१० रुपैयाँले बढ्दै ४ हजार ९९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

सुन र चाँदी दुवैको मूल्य एकसाथ बढेसँगै बजारमा महँगीको चाप थपिएको व्यवसायीहरूको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय