Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा ३ हजार ८५१ निर्वाचन प्रहरी भर्ना

spot_img

रौतहट,२८ पुस । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहटमा तीन हजार ८५१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबारदेखि निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालका अनुसार आइतबारसम्म १५२ महिलासहित कुल ९५२ जनाले आवेदन दर्ता गराइसकेका छन्।

कुल भर्नामध्ये नेपाल प्रहरीतर्फ तीन हजार ४६६ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ३८५ जना निर्वाचन प्रहरी खटाइने जनाइएको छ। आवेदन दिएका उम्मेदवारहरूका लागि आगामी माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन हुनेछ।

छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिने छ। नियुक्त भएका निर्वाचन प्रहरीले नियुक्ति मितिदेखि ४० दिनसम्म सेवा सुविधा प्राप्त गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय