Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

माघे खिचडी पर्व भव्य रूपमा मनाउन तयारी पूरा

spot_img

वीरगञ्ज २९ पुस । माघे खिचडी मूल समारोह समिति, पर्साले आगामी माघ १ गते आदिवासी थारु समुदायको महान पर्व माघे खिचडी भव्य रूपमा मनाउने सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिले आज वीरगञ्जस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो।

समारोह समितिका कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीका अनुसार आदिवासी थारु समुदायको नयाँ वर्ष २६५० को अवसरमा शुभकामना आदान–प्रदानसहित विविध सांस्कृतिक तथा परम्परागत कार्यक्रमहरू आयोजना गरिनेछ। कार्यक्रममा थारु समुदायका मौलिक नृत्य–गीत, घुम्टो, सामा–चकेवा, झम्टा, थारु पूर्वी नाच, बालबालिकाद्वारा प्रस्तुत गीत–नृत्य तथा बाल कला प्रदर्शनी समावेश रहनेछन्।

त्यसैगरी, थारु समुदायका परम्परागत खानाका प्रदर्शनी पनि आकर्षणको केन्द्र रहने समितिले जनाएको छ। घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायतका परिकारहरूको प्रदर्शनीमार्फत थारु संस्कृतिको पहिचान झल्काइनेछ।

आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारका अनुसार माघ ३० गते पावरहाउस चोकदेखि मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल र्‍याली आयोजना गरिनेछ भने सोही दिन साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिनेछ। माघ १ गते रक्तदान कार्यक्रमसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी पर्वलाई अझ भव्य बनाइने उनले जानकारी दिए।

समितिले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति, थारु समुदाय तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई माघे खिचडी पर्वलाई सफल बनाउन आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्त्व थारु, प्रचार–प्रसार संयोजक दिपेन्द्र चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, सुरक्षा संयोजक विकास चौधरीलगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय