Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

महतो नेतृत्वको सदभावना र गद्दी नेतृत्वको जन अधिकार पार्टीसंग प्रभु साहको आजपाद्धारा पार्टी एकीकरणको घोषणा

spot_img

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग एकीकरण गरेको छ । रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकता गर्दै अन्य विभिन्न पार्टीका सयौं नेतालाई आजपाले पार्टी प्रवेश गराएको छ ।

धनुषाको महेन्द्रनगरमा आजप आजपाले धनुषा क्षेत्र नं. ४ को विशेष क्षेत्रिय भेला गरेको थियो । ‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुबित्त पीडÞितलाई न्याय दिलाउने’ संकल्प धनुषाको महेन्द्रनगर आयोजित क्षेत्रिय भेलासम्पन्न गर्दै आजपाले महतो नेतृत्वको नेपाल सदभावना पार्टीसंग पार्टी एकीकरणको घोषणा गरिएको छ ।

सोही भेलामार्फत धनुषा मिथिला नगरपालिका निवासी रामजिवन महतोले पनि आजपामा प्रवेश गरेका छन् । महतो पर्यावरण शहिद स्वर्गीय दिलिप महतोका वुवा हुन् । सोही कार्यक्रमका बीच विभिन्न पार्टीमा आबद्ध सयौं नेता, युवा, समाजसेवीहरुले समेत आजपामा प्रवेश गरेका छन् । धनुषाका बिभिन्न पालिकाका निर्वाचित वडा अध्यक्षहरु समेत आजपामा प्रवेश गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

नेसपासंग पार्टी एकता गर्नुभन्दा अघि मंगलबार बिहान वीरगंजमा आजपाले ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकीकरण गरेको छ । पार्टी एकतासंगै नेपाल सदभावना पार्टी र जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित हुदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमती भएको छ ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुवै पार्टीसंग एकीकरण गर्दै पार्टीमा प्रवेश गर्नेहरु स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यका लागि शुभकामना दिएका छन् । आजपामा पार्टी प्रवेश गर्ने एवं पार्टी एकीकरण गर्दै संयुक्तरुपमा अगाडी बढने सहमतीले पार्टी थप बलियो बन्दै गइरहेको साहले जनाएका छन् । पार्टी एकतासंगै पार्टीमा प्रवेश गर्ने नवप्रवेशीलाई उचित जिम्मेवारी दिदै मुलुक र जनताको हितमा शसक्त काम गर्दै अगाडी बढने उनले बताए ।

यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग चुनावी सहमती एवं गठबन्धन गरेको छ । पछिल्लो समय विभिन्न पार्टीले आजपासंग पार्टी एकताका साथै विभिन्न पार्टीका नेता, समाजसेवी, युवा, विद्यार्थी लगायत व्यक्तिहरु प्रवेश गर्ने लहर चलेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय