spot_img

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार क्षेत्रमा १०९ उम्मेदवारको मनोनयन, प्रतिस्पर्धा रोचक

spot_img
spot_img

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार चार सिटका लागि कुल १०९ जनाले मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन कार्यालय पर्साका प्रवक्ता यादवप्रसाद जोशीका अनुसार निर्वाचन क्षेत्र नम्बर–१ मा ३०, क्षेत्र नम्बर–२ मा ३२, क्षेत्र नम्बर–३ मा २३ र क्षेत्र नम्बर–४ मा २४ जनाको उम्मेदवारी परेको छ। एक सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिँदा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक र चासोपूर्ण बन्ने संकेत देखिएको छ।

चारै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलसँगै स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ।

क्षेत्र नम्बर–१

यस क्षेत्रमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख उम्मेदवारमा

  • कांग्रेसबाट अनिलकुमार रुंग्टा,
  • एमालेबाट प्रदीप यादव,
  • जसपा नेपालबाट रामनरेश यादव,
  • रास्वपाबाट हरि पन्त,
  • जनमत पार्टीबाट ओमप्रकाश सर्राफ
  • नेकपाबाट अजय चौरसिया रहेका छन्।

क्षेत्र नम्बर–२

सबैभन्दा धेरै उम्मेदवारी परेको यस क्षेत्रमा ३२ जना प्रतिस्पर्धामा छन्। यहाँ

  • कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया,
  • एमालेबाट रिमा यादव,
  • जसपा नेपालबाट अशोक टेमानी,
  • रास्वपाबाट सुशिल साह कानु,
  • जनमत पार्टीबाट श्याम गुप्ता,
  • नेकपाबाट मनोज चौधरी उम्मेदवार छन्।

क्षेत्र नम्बर–३

यस क्षेत्रमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रमुख उम्मेदवारमा

  • कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी,
  • एमालेबाट रुपेश पाण्डे,
  • जसपा नेपालबाट कमोद निराला,
  • नेकपाबाट छोटेलाल यादव,
  • रास्वपाबाट रामाकान्त चौरसिया,
  • जनमत पार्टीबाट माल्ती कुशवाहा रहेका छन्।

क्षेत्र नम्बर–४

यहाँ २४ जनाले मनोनयन दर्ता गराएका छन्।

  • कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल,
  • एमालेबाट जालिम मियाँ अन्सारी,
  • रास्वपाबाट टेकबहादुर शाक्य,
  • जसपा नेपालबाट कृपासिन्धु चौधरी,
  • जनमत पार्टीबाट सिमादेवी कलवार चुनावी प्रतिस्पर्धामा छन्।

मुख्य दलका चर्चित अनुहारसँगै स्वतन्त्र उम्मेदवारको उल्लेख्य सहभागिताले पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन यसपटक निकै रोचक र कडा प्रतिस्पर्धात्मक हुने देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय