spot_img

पूर्वमन्त्री राजकुमार गुप्ताको मुद्दाआज सर्वोच्च अदालतमा सुनुवाइ

spot_img
spot_img

काठमाडौँ,०७ माघ । पूर्वमन्त्री राजकुमार गुप्ता विरुद्धको भ्रष्टाचार मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। गुप्ताले विशेष अदालतको थुनामा पठाउने आदेश बदर गर्न निवेदन दर्ता गरेका थिए। सुनुवाइ सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने तय भएको छ।

यसअघि सर्वोच्च अदालतले गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग गरेको थियो। मुद्दा पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणसँग सम्बन्धित छ, जसमा गुप्ताले घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई पदको दुरुपयोग गरी २५ लाख रुपैयाँ घुस लिएको अभियोगमा छानबिन गरिरहेको छ।

गुप्ताले अदालतमा आफूमाथि लागेको आरोप झूटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका छन्। तर, अदालतले प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय