spot_img

मेरो माग पूरा भयो, सरकारलाई दीर्घायुको कामना : महावीर पुन

spot_img
spot_img

काठमाडौं,३१ वैशाख । प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको भन्दै सरकारप्रति आभार व्यक्त गरेका छन्। सरकारले छुट्टै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन्।

पुनले दुई दिनअघि संसद्मा राखेको माग र तीन साताअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्ताव अन्ततः कार्यान्वयन भएको उल्लेख गरेका छन्। उनले अब नयाँ मन्त्रालयलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सक्षम वैज्ञानिक, अनुसन्धानकर्ता र विज्ञहरूलाई छलफलमा सहभागी हुन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “मैले लामो समयदेखि गरेको माग पूरा भयो। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु।” उनले आवेगमा आएर नेताहरूलाई दिएको ‘श्राप’ समेत फिर्ता लिएको बताएका छन्।

पुनले लामो समयदेखि नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकता दिन छुट्टै मन्त्रालय आवश्यक रहेको धारणा राख्दै आएका थिए। सरकारद्वारा नयाँ मन्त्रालय गठन भएपछि अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई संस्थागत रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय