spot_img

नयाँ नेतृत्वप्रति जनताको ठूलो आशा, जिम्मेवार बन्न बाबुरामको आग्रह

spot_img
spot_img

काठमाडौं,३१ वैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ सरकार र नेतृत्वप्रति जनताले ठूलो अपेक्षा राखेको बताएका छन्। उनले ऐतिहासिक पुस्तान्तरणपछि बनेको वर्तमान नेतृत्वले जनताको भरोसा र आशालाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले गाउँ–गाउँसम्म नयाँ सरकारप्रति उत्साह र विश्वास देखिएको उल्लेख गरेका छन्। उनले जनताको अपेक्षा केवल राजनीतिक परिवर्तनमा सीमित नभई सुशासन, परिणाममुखी काम र नयाँ सोचसहितको नेतृत्वमा केन्द्रित रहेको संकेत गरेका छन्।

भट्टराईले सरकारका सबै जिम्मेवार पक्षलाई जनभावना बुझेर काम गर्न आग्रह गर्दै नेतृत्वमा दूरदृष्टि आवश्यक रहेको बताएका छन्। उनले महान् वैज्ञानिक न्युटनको भनाइ उद्धृत गर्दै नेतृत्वलाई इतिहास र अग्रजहरूको योगदान सम्झेर अघि बढ्न सुझाव दिएका छन्।

उनले लेखेका छन्, “मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु।” भट्टराईले यही सोचलाई आत्मसात गर्दै वर्तमान नेतृत्वले जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय