spot_img

पर्सा प्रशासनद्वारा इजाजतप्राप्त हतियार बुझाउन आग्रह

spot_img
spot_img

वीरगन्ज,०८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त सबै हातहतियार माघ २० गतेभित्र बुझाउन आग्रह गरेको छ।

जिल्ला प्रशासनका अनुसार व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सम्पूर्ण हातहतियार तथा खरखजाना अनिवार्य रूपमा जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउनुपर्नेछ। सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यो निर्णय लिइएको जानकारी दिए।

उनले निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै यस कार्यमा सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताए। तोकिएको समयभित्र बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि, आगामी चैत २० गतेपछि सम्बन्धित हतियारधनीलाई कानुनअनुसार फिर्ता गरिने प्रशासनले जनाएको छ।

प्रशासनले तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा वा आदेश उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ। साथै, निर्वाचनलाई सुरक्षित र विश्वसनीय बनाउन नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय