Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

स्वास्थ्य बीमा प्रभावकारी बनाउन चुनौति : मन्त्री गौतम

spot_img

काठमाडौं,११ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन विभिन्न चुनौतीहरू रहेको बताएकी छन्।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गौतमले आफ्नो तीन महिनाको कार्यकालमा स्वास्थ्य बीमा क्षेत्रमा काम सुरु भए पनि वित्तीय असन्तुलन, समयमा दाबी भुक्तानी नहुँदा र अन्य व्यवस्थापकीय समस्याका कारण पूर्ण प्रभावकारीता हासिल गर्न नसकेको जानकारी दिइन्।

उनले स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिहरूको बढी सहभागीता, अनावश्यक सेवा उपभोग र दावी व्यवस्थापनमा कमजोरी जस्ता चुनौतीहरू देखिएको बताए। स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भइसकेको र स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको मन्त्री गौतमले जनाइन्।

मन्त्रीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार भए तापनि भौतिक पूर्वाधारमा सुधार आवश्यक रहेको पनि बताइन्। उनले जेनजी घाइतेहरूको उपचार, मातृ–नवजात स्वास्थ्य, मानसिक स्वास्थ्य, वैदेशिक रोजगारमा संलग्न श्रमिकको स्वास्थ्य, औषधि आपूर्ति तथा प्रयोगशाला सुधार लगायतलाई प्राथमिकतामा राखेको जानकारी दिइन्।

मन्त्री गौतमले मातृ मृत्यु दर उच्च रहेका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा विशेष ध्यान दिइएको बताउँदै, स्वास्थ्य प्रणालीलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाएर नागरिकको विश्वास जित्ने लक्ष्य रहेको पनि स्पष्ट गरिन्।

spot_img

ताजा अपडेट

लोकप्रिय