spot_img

‘३६ वर्षका प्रधानमन्त्री र ५० वर्षका अर्थमन्त्री देशका लागि ठूलो परिवर्तन’ : वाग्ले

spot_img
spot_img

काठमाडौं,२१ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिक नेतृत्वमा आएको पुस्तान्तरणलाई ऐतिहासिक परिवर्तनको संकेत बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले युवा नेतृत्वले मुलुकको राजनीति र प्रशासनमा नयाँ सन्देश दिएको बताए।

उनले ३६ वर्षका प्रधानमन्त्रीले देशको नेतृत्व गर्नु र आफू ५० वर्षको उमेरमा मन्त्रिपरिषद्को सबैभन्दा ‘वृद्ध’ सदस्य हुनु नै परिवर्तनको उदाहरण भएको उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले विगतमा ८० वर्ष नपुगी नेतृत्वमा पुग्न नसकिने मानसिकता रहेको स्मरण गर्दै अहिलेको अवस्था देशका लागि सकारात्मक संकेत भएको बताए।

उनले सरकार भ्रष्टाचार, बिचौलिया प्रवृत्ति र पहुँचका आधारमा हुने कामप्रति कडा रूपमा प्रस्तुत हुने पनि स्पष्ट पारे। पहुँच र भनसुनको भरमा काम हुने पुरानो संस्कृतिको अन्त्यतर्फ सरकार अघि बढेको उनको भनाइ थियो।

निजी क्षेत्रलाई सम्बोधन गर्दै वाग्लेले मुलुक निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। तर, निजी क्षेत्रले पनि आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको उनको धारणा थियो।

उनले प्रशासनिक जटिलता र नियामकीय झन्झटले इमानदार व्यवसाय गर्न कठिन बनाएको स्वीकार गर्दै सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय