spot_img

सर्लाहीमा चुनावी सरगर्मी, क्षेत्र नं. ४ मा सबैको चासो

spot_img
spot_img

सर्लाही,११ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ देशको चुनावी चर्चा केन्द्रमा आएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले थापालाई भविष्यका प्रधानमन्त्रीका उम्मेदवार का रूपमा घोषणा गरेसँगै सिङ्गो देशको ध्यान यही क्षेत्रमा केन्द्रीत भएको हो।

भारतको सीमासँग जोडिएका अधिकांश गाउँ पर्ने यो निर्वाचन क्षेत्रलाई कांग्रेसको पुरानो गढ मानिन्छ। यसै क्षेत्रबाट डा. अमरेशकुमार सिंह लगातार तीन पटक सांसद बनेका छन्। २०७० र २०७४ मा कांग्रेसका उम्मेदवारका रूपमा विजयी भएका सिंह २०७९ मा पार्टीसँग असहमति भएपछि स्वतन्त्र रूपमा चुनाव लडेका थिए र पुनः निर्वाचित भएका थिए।

फागुन २१ को निर्वाचनमा कांग्रेस सभापति थापा ले सिंहसँग प्रतिस्पर्धा गर्नुपर्ने समीकरण बनेको छ। सिंह हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरी सो पार्टीबाट उम्मेदवारी दिएका छन्।

सर्लाही–४ मा थापा र सिंहबाहेक नेकपा एमालेका अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिश राय, जनता समाजवादी पार्टीका रामेश्वर राय यादव, जनमत पार्टीका राकेशकुमार मिश्र लगायत ३९ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस निर्वाचन क्षेत्रको एक लाख २१ हजार १२ मतदाता रहेका छन् भने मतदानका ८१ स्थलमध्ये सबै संवेदनशील मानिएका छन्।

कांग्रेस सभापति थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा आउदै छन् । टिकट वितरणका बेला थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए। कांग्रेस प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह का अनुसार थापा चार दिन क्षेत्रमै बस्दै नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय